दफा २८
सामुदायिक वन पुन सुम्पन सकिने
दफा २७ को उपदफा (१) बमोजिम फिर्ता लिएको सामुदायिक वन सोही दफाको उपदफा (२) बमोजिम तत्सम्बन्धी निर्णय बदर भएमा डिभिजनल वन अधिकृतले साविककै उपभोक्ता समूहलाई पुन सुम्पनु पर्नेछ । त्यस्तो निर्णय सदर भएमा डिभिजनल वन अधिकृतले दफा २५ बमोजिमको प्रक्रिया पूरा गरी उपभोक्ता समूह पुनर्गठन गरी सो सामुदायिक वन सुम्पनु पर्नेछ ।